कला

डा. हेमनाथ घिमिरेको ‘रंगिन कालो’ गीतसंग्रहको लोकार्पण

सिसार साहित्य प्रतिष्ठानको आयोजनामा गीतकार डा. हेमनाथ घिमिरेको ‘रंगिन कालो’ गीतसंग्रहको लोकार्पण भएको छ। प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवालीको सभाध्यक्षता र प्राडा कृष्णहरि बरालको प्रमुख आतिथ्यमा गीतसंग्रहको लोकार्पण भएको हो। प्रमुख अतिथि, सभापति, लेखक लगायत विभिन्न व्यक्तिले कृतिको संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए।

वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले लेखकको गीत गाउँदै शुभकामना दिएका थिए। लेखकका सहपाठी साहित्यकार विक्रमभक्त जोशीले सबैलाई स्वागत गर्दै अन्तरंग सम्बन्धबारे बताए। 

गीतकार करुण थापा, गायक सुदर्शन विक्रम राणा, गायिका लक्ष्मी घिमिरे लगायतले गीत र मन्तव्यसहित शुभकामना दिएका थिए।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि बरालले लेखकका गीत नयाँ स्वादका भएको बताए। त्यस्तै पुस्तकका सम्पादक तथा त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभागका प्रमुख उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले गीतले आफूलाई मन्त्रमुग्ध पारेको धारणा राखे।

डा. शान्तिमाया गिरीले संचालन गरेको कार्यक्रममा लेखकले शुभेच्छुक सबैप्रति कृतज्ञता-ज्ञापन गरे। कार्यक्रममा आनी छोइङ डोल्माले गाएको घिमिरेको ‘बन्द आँखाभित्र’ र ‘दशैं आयो भन्छन् गाउँमा’ गीतको भिडियो प्रस्तुत गरिएको थियो।

सो अवसरमा बंगलादेशको पद्मा नदीको ६.२५ किलोमिटर लामो पुलनिर्माण र साहित्यिक योगदानको उच्च मूल्यांकन गर्दै लेखकलाई सम्मान गरिएको थियो।  

प्रकाशित: २३ चैत्र २०७९ ०५:२६ बिहीबार

अक्षर