कला

रहेनन् अर्जुन खालिङ

काठमाडौं- कलाकार तथा कवि अर्जुन खालिङको अल्पायुमै निधन भएको छ। उनी निकटहरुका अनुसार चिन्तारोगबाट ग्रसित उनले बुधबार बिहान घरर्मै झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए। उनलाई उपचारका लागि अस्पताल लैजादा उनको मृत्यू भएको चित्रित्सकले घोषण गरेका थिए। सन १९७५ जन्मेका खालिङ किराँत संस्कृती र संस्कारका विशेष अनुसन्धानकर्ता हुन्। उनका कविता र कलामा पनि किराँती संस्कृतीको अमेट छाप भेटिन्थ्यो। उनी त्रिभुवन विश्वविद्यालयमा स्नातकमा गोल्ड मेडलिष्ट हुन्। जसवापत उनले  महेन्द्र विद्या भुषण पदक समेत प्राप्त गरेका थिए।

उनले कलाकारिताकै विषयमा ल्ालितकला क्याम्पसमा २ वर्ष  अध्यापन समेत गरेका थिए। कलाकार देवेन्द्र थुम्केलीका अनुसार चिण्डो प्रकाशन बाट संस्कृतीका बारेमा लेखिएका पुस्तक समेत प्रकाशन गर्थे। कलाका एक अभियन्ता थिए उनले भने कलामा पनि उनको किराँती संस्कृती प्रवर्द्धन गर्थे। आधुनिक कलामा संस्कृती भर्न उनी मन पराउँथे।

उनका कविता संग्रह निस्किएका छन्। चोमोलुम्बा (सगरमाथा ) पत्रिका प्रकाशन गरिहेका थिए। सँगै किराँत  वास्तुकला अध्ययनमा सक्रिय  थिए। उनका कलाहरु सामुहिक रुपमा २०५२ सालदेखि प्रदर्शनीमा सहभागी थिए। नेपालसँगै भारत ,अमेरिका लगायतका देशमा समेत उनका चित्रकला प्रसिद्ध मानिन्छन्।

 पछिल्लो समय ढाड दुख्ने समस्यासँथै डिप्रेसनको औषधी लिइरहेको निकटहरुले जानकारी दिए। परिवारसँगै रहेपनि के कारणले मृत्यूको मुखसम्म पुगे भन्ने बारेमा खोजबिन भैरहेको जनाईएको छ। उनको बिहीबार किराँत परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।

प्रकाशित: १ पुस २०७३ ०२:५२ शुक्रबार

रहेनन् अर्जुन खालिङ