कला

हाँस्य कलाकार आरपीको ४५ वर्षको उमेरमा निधन

काठमाडौं- हाँस्य टेलिसिरियल ‘तीतो सत्य’का हाँस्य कलाकार आरपी भट्टराईको बिहीबार राति बिराटनगरस्थित मधुमारामा निधन भएको छ। मधुमेह र उच्च रत्तचापबाट पीडित हाँस्य कलाकार आरपी भट्टराई पछिल्लो समय ‘छक्का पञ्जा’ नामक फिल्ममा अभिनय गरेका थिए।

‘हिजो राति फूपूको घरमा खाना खाएर त्यही सुत्नुभएको थियो। बिहान अबेरसम्म नउठेपछि ढोका खोलेर हेर्दा ओछ्यानमा मृक्त अवस्थामा भेटिनुभएछ,‘ हाँस्य कलाकार दीपाश्री निरौलाले भनिन्, ‘हाँस्य टेलिसिरियल ‘तीतो सत्य’मा मोटो शरीर भएको कलाकार आवश्यक परेपछि उहाँसग चिनजान भएको झण्डै १० वर्ष पूरा भइसकेको छ। पछिल्लो पटक ‘छक्का पञ्जा’मा काम गरेका थियौं।’

४५ वर्षीय कलाकार आरपीका श्रीमती र दुई छोरा छन्। उनले ‘तीतो सत्य’, ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’ लगायत फिल्ममा अभिनय गरेका थिए। उनले केही गीतहरु समेत स्वर दिइसकेका छन्।

प्रकाशित: २४ मंसिर २०७३ ०५:३४ शुक्रबार

हाँस्य कलाकार आरपीको ४५ वर्षको उमेरमा निधन