कला

टीकापुरमा साहित्य महोत्सव हुने

कैलालीको टीकापुरमा चैत २५ देखि २७ चैतसम्म टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ। 

सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, इतिहास, पुरातात्त्विक सम्पदा, प्रकृति, पर्यटन तथा सामाजिक विकासका सम्भावना उजागर गर्न २५ देखि २७ चैतसम्म महोत्सव आयोजना गर्न लागिएको टीकापुर साहित्य समाजले बताएको छ।

तीन दिने महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, शिक्षा, पर्यटन, विकास निर्माण, दर्शन, इतिहास, पत्रकारिता र सामाजिक क्षेत्रका ७५ वक्ताबिच २१ सत्र हुनेछन्। महोत्सवको पहिलो दिन लेखक सिकेलालबाट साहित्यमार्फत सामाजिक सद्भाव शीर्षकमाथि विद्धत्व प्रवचन हुनेछ।

महोत्सवको पहिलो साँझ काव्य सन्ध्या, दोस्रो दिनको साँझ गजल सन्ध्या र तेस्रो दिनको साँझ संगीत सन्ध्या पनि आयोजना हुने साहित्य समाजद्वारा जारी विज्ञप्ति उल्लेख छ।

महोत्सवका लागि मुलुकभर एक सय ५० अतिथिलाई आमन्त्रण गरिएको छ।

प्रकाशित: ४ चैत्र २०७९ १४:५७ शनिबार