- दोषी को, विवेक तिमीले घरमा राम्रो ध्यान नदिएर व्यवहार नमिलाएपछि मात्र म जागिर खानुपर्ने अवस्थामा पुगेकी थिएँ। कागजमा ल्याप्चे सही सबै सकेपछि यही मात्र भनी गीताले।
ठूलो झोला बोकेर सहारा खोज्दै गीता माइत जान्छे।
बिनासिंगारपटार मलीन मुहारमा छोरीको अकस्मात् आगमनले दाजु, भाउजू र आमा अचम्ममा परे।
-जेको डर थियो त्यही नै भयो।
गीताले बुबाको कुरा सुनी।
रातभरिका गन्थन-मन्थन। आमाका आँखाबाट बगेको आँसुको धारा!
कुन बेला अन्धकार भागेर उज्यालो भयो। चराचुरुंगीको चिरबिराउँदाको मीठो आवाज, भर्खर देखिएको पहेंला घाम अरू दिनभन्दा बेग्लै लागेथ्यो गीतालाई। नुहाएर हल्का सिंगारिएको मुहार आफूलाई ऐनाअघि देखेर मुस्कुराई।
घरका सबै सदस्य बैठकमा बसेका थिए। भाउजू नजिकैको भान्साबाट हेर्दै थिई।
-आजबाट म अफिसले दिएको काम घरमा बसेर गर्नेछु। फेरि छुटेको आफ्नो पढाइ पनि पूरा गर्नेछु।
सबै मौन थिए। मौनता तोडेर आमाले भनिन्, ‘अब तेरा दाजुका छोराहरू पनि हुर्किए। म त आमा हुँ। हेर, जुन सन्तानलाई अप्ठयारो पर्दछ,उसैलाई साथ दिनुपर्छ।’
छोरीसँगै आमा जाने भएपछि बुबा पनि सँगै जान लागे।
गीता दाजुभाउजूका छोराछोरीलाई पर पुगुन्जेल हात हल्लाउँदै थिई।
प्रकाशित: २ चैत्र २०७९ ०५:४८ बिहीबार