कला

नयाँघरेलाई साहित्यकलाश्री पुरस्कार

साहित्यकला संगम, दमकले निबन्धकार-नियात्राकार युवराज नयाँघरेलाई साहित्यकलाश्री पुरस्कारबाट पुरस्कृत गरिने भएको छ। संस्थाले आगामी चैत २५ गते दमक, झापामा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने भएको छ।

त्यस्तै साहित्यकला संगम, दमकले चुडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ र युद्धवीर राणालाई भवानीमिश्र पुरस्कार दिइने घोषणा गरिएको छ।

त्यस्तै तुलसादेवी न्यौपाने स्मृति पुरस्कार गायक सीताराम ताजपुरियालाई दिइने भएको छ। यी सबै पुरस्कारको राशि ३५ हजार नगद, सम्मानपत्र र स्मृतिचिन्ह रहेको छ।

साहित्यकला संगमका अध्यक्ष विष्णु न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्रष्टा छनोट गर्दा सबै उमेर, क्षेत्र र विधाका साधकहरू समेटिएको उल्लेख छ।

प्रकाशित: १ चैत्र २०७९ ०४:२२ बुधबार

अक्षर