कला

९ महिनामै टुट्यो वर्षा सिवाकोटीको वैवाहिक जीवन

फाइल तस्बिर

अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ। सामाजिक सञ्जाल मार्फत आशिष गेलालले अर्कै युवतीसँग विवाह गरेको तस्बिर सामाजिक सञ्जाल मार्फत बाहिरिएको छ। आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन्।

गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा वर्षा र आशिषले धुमधामका साथ विवाह गरेका थिए। विवाहलगत्तै वर्षा अमेरिका पुगेकी थिइन्।

नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो।

तर यस विषयमा अभिनेत्री वर्षाले भने आधिकारिक धारणा राखेकी छैनन्। 

प्रकाशित: ३० फाल्गुन २०७९ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App