नारायण कोइराला
१.विदा
म साँझको छाक टार्न घरबाट निस्किएँ। दिनभर जनयुद्ध दिवस भएकाले बिदा रहेछ। जनयुद्धका भाषणले मेरा कान ताते। बिदा भएकाले काम पाइनँ।
साँझघर फर्कदा एकैपल्ट दुइटा कुराले मन भाँडियो। जनयुद्ध र भोकयुद्ध। जनयुद्ध हुँदा मर्ने मेरा छोराछोरी। भोक युद्धमा मर्ने म।
-भाषण गर्नलाई देशभर बिदा दिनेचाहिं ऊ थुक्क!
२.धन्यवाद
धेरैले भने,‘जिताउँछौं-जिताउँछौ!’
उ फुरुङ्ङ भयो। मतपरिणाम भने,‘हराउँछौं-हराउँछौ आयो।’
गजब! राजनीति। अचम्मका! नयाँ पुस्ता।
उम्मेदवार निराश भयो तर रिसाएन। उल्टै सबैलाई धन्यवाद दियो।
३.पूजा
सरस्वतीलाई भेट्न जाँदै थिएँ। ठ्याक्कै बाटामा पूजासँग भेट भयो। प्रेमिकाले घुम्न जाउँ भन्दा सिधैं जान्न भन्न पनि सकिन। उनीसँग सर्त राखें। सहमत भइन्।
म पूजालाई लिएर सरस्वतीलाई भेट्न गएँ। हामी दुवै सरस्वतीको अगाडि उभिएर हात जोड्यौ।
मैले पूजा र सरस्वतीलाई हेरें, सरस्वतीलाई विद्याको र पूजालाई मायाको खानीकाे रूपमा देखें।
प्रकाशित: २९ फाल्गुन २०७९ ०६:५२ सोमबार