कला

निर्णायकलाई नांगो फोटो पठाएपछि...

पेरिस–निर्णायकलाई टपलेस तस्बिर पठाएको भन्दै मिस फ्रान्सकी एक प्रतियोगीलाई दिइएको एक उपाधी खोसिएको  छ। मिस फ्रान्सकी एक प्रतिश्पर्धी रहेकी २२ वर्षीया मारग्युक्स लिग्रान्डलाई प्रतियोगीताको दिइएको ‘मिस सेन्टर वल डि लौरी ‘को उपाधी एक महिनापछि खोसिएको हो।

मिस फ्रान्सका आयोजकले उनलाई मिस फ्रान्सको दौडबाट समेत हटाइएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मिस फ्रान्समा भाग लिने प्रतियोगीले नग्न तस्बिर खिच्न  प्रतिबन्ध लगाएपछि उनले नग्न फोटोसुट गराउनुका साथै उक्त तस्बिर आफ्नो फेसबुकमा समेत पोस्ट गरेकी थिइन्।

तर लिग्रान्डले भने आफूले सो तस्बिर प्रतियोगीतामा सहभागी हुनु भन्दा पहिले खिचाएकाले आफूमाथि अन्याय भएको आरोप लगाएकी छिन्। उनले भनिन्, ‘मैले मिस फ्रान्समा सहभागी हुनु भन्दा धेरै पहिला नग्न फोटोसुट गराएको हु र मलाई लाग्छ मैले प्रतियोगीताको कुनै नियम तोडेकी छैन।’ उनले आफ्नो उक्त टपलेस तस्बिर अरु व्यक्तिले नै प्रतियोगीताका निर्देशक सिल्भी टेलरलाई पठाइदिएको भन्दै आफूमाथि अन्याय भएको गुनासो गरिन् ।

उनले भनिन्, ‘मैले मेरो मोडलिङ करियर अगाडि बढाउनका लागि नग्न फोटो सुट गराएकी हु सो समयमा मेरो मिस फ्रान्समा भाग लिने कुनै उद्देश्य थिएन।’ उनले नग्न फोटोेसुटलाई नकारात्मक रुपमा लिन नहुने बताइन्। उनले आफ्नो तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘हामीले नग्नतालाई अनैतिक कार्य र कामवासनासँग जोड्नु हुदैन यसलाई नारि सुन्दरता र व्यत्तिगत स्वतन्त्रताको रुपमा लिनुपर्छ।’

 

प्रकाशित: ४ मंसिर २०७३ ०५:११ शनिबार

निर्णायकलाई नांगो फोटो पठाएपछि...