कला

उपराष्ट्रपति पुनले हेरे 'छक्का पञ्जा'

छक्का पञ्जा हेर्न विग मुभि पुगेका उपराष्ट्रपति पुन ।

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले चलचित्र छक्का पञ्जा हेरेका छन्। सिटी सेन्टर स्थित विग मुभिमा पुगेर उनले छक्का पञ्जाको निर्माण टोली सहित चलचित्र हेरेका हुन्। श्रीमति हस्तमालीसहित उनी चलचित्र हेर्न हलमा पुगेका थिए।  

'फिल्म निकै राम्रो रहेछ। हाम्रो समाजको वास्तविकता उतार्नु भएको रहेछ। फिल्म निर्माणको लागि यहाँहरुलाई धन्यवाद छ,' फिल्म हेरेपछि उनले दीपकराज गिरी र दिपाश्री निरौलालाई भने,  'वैदेशिक रोजगारीबाट रेमिट्यान्स त भित्रिरहेको छ, यसको साथसाथै वैदेशिक रोजगारको नकरात्मक असर पनि देखा परिरहेको छ। हामीले जसरी हुन्छ स्वदेशमै रोजगारीको सिर्जना गर्नेतिर ध्यान दिनुपर्छ।' उनले आफुले वडा नं. ६ फिल्म पनि हेरेको बताए। यस अघि पुन वीरविक्रम हेर्न सिटी सेन्टर पुगेका थिए।  

 

प्रकाशित: २८ कार्तिक २०७३ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App