कला

‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को अडिसन चैतमा

आगामी चैत ४ र ५ मा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को काठमडिसन हुने भएको छ। आयोजकका अनुसार अडिसनमा सहभागी हुन चाहनेले आफ्नो उमेर खुलाएको आधिकारिक कागज ल्याउनुपर्ने छ। फिल्ड अडिसनबाट छानिएका प्रतियोगीले काठमाडौंमा हुने स्टुडियो अडिसनमा सहभागी हुन पाउने छन्। साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिस्टर गर्न सक्ने छन्। डिजिटल अडिसनमा सहभागी प्रतियोगीले पनि फिल्ड अडिसनमा सहभागिता जनाउनुपर्ने छ।

यसैगरी ‘मेरो डान्स युनिभर्स’ को सांस्कृतिक समूहमा सहभागी हुन चाहनेले एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनुपर्ने छ। अडिसनमा सहभागी हुन चाहनेको उमेर कम्तीमा १८ वर्षको हुनुपर्ने छ। यी दुई शो नेपालकै सर्वाधिक धनराशि भएको रियालिटी शो हुन्। आयोजकका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले नेपाली एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनर अपले ३० लाख रूपैयाँ र सेकेन्ड रनर अपले २० लाख रूपैयाँ पुरस्कार पाउने छन्।

यस्तै ‘मेरो डान्स युनिभर्स’ को विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। डान्स युनिभर्स’ को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनर अपले १० लाख रूपैयाँ र सेकेन्ड रनर अपले ५ लाख रूपैयाँ पुरस्कार पाउने छन्। फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशबाट पनि नेपालीभाषीको बृहत् सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित: २४ फाल्गुन २०७९ ०२:२४ बुधबार

अक्षर