कला

कालिका म्युजिक अर्वाडबाट २६ विधाका कलाकार सम्मानित

लाइफ टाइम एचिभमेन्ट अर्वाडबाट सम्मानित वरिष्ठ लोक तथा दोहोरी गायक कुमार बस्नेत र सर्वाेत्कृष्ट युगल गीत विधातर्फ सम्मानित गायक सरोज ओली

नारायणगढ(चितवन)– मध्य तराइकाे रेडियो कालिका एफएम प्रालिले अाफ्नाे १४ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा विभिन्न २६ विधामा म्युजिक अवार्डबाट कलाकारहरूलार्इ सम्मानित गरेकाे छ।

म्युजिक अवार्डको उक्त १२ औँ संस्करणमा २६ विधामा २६ अवार्ड वितरण गर्दा कालिका मिडियाले एसएमएस मार्फत आएको मतलाई मुख्य आधार मानेको बताएकाे छ।

२६ विधामा म्युजिक अवार्ड विरतण गरेको कालिका मिडियाले लाइफ टाइम एचिभमेन्ट अर्वाडबाट वरिष्ठ लोक तथा दोहोरी गायक कुमार बस्नेतलाई सम्मान गरेको छ। नेपाली लोक संगीतको संरक्षण र सम्र्वद्धनमा अतुलनीय योगदान पुर्याएका बस्नेतलाई सम्मान गरीएको  कालिका एफ.एमकी स्टेशन म्यानेजर रिना गुरुङ्गले जानकारी दिइन्।

अवार्ड वितरण समारोहमा सहभागी हुन राष्ट्रिय कलाकारहरु काठमाडाैंलगायत ठाउँबाट अघिल्लो दिन नै चितवन आइपुगेका थिए। म्युजिक अवार्ड तथा लाइफ टाइम एचिभमेन्ट अवार्डले कलाकारहरुलाई प्रतिस्पर्धा तथा गुणस्तरीयतामा अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास कालिका मिडियाले व्यक्त गरेकाे छ। समापन समारोह तथा अवार्ड वितरण समारोहलार्इ कालिका एफ ९५.२ , टि.भी कालिका र हिमालयन टेलीभिजनबाट प्रत्यक्ष प्रसारण गरीएको थियो ।

१२ औ यामहा क्युजिक अवार्ड छनाेटमा चलचित्र वडा नं ६ को  गित सुर्के थैली खै यस वर्षको बेष्ट संङ अफ दि ईयर बन्न सफल भएको छ। यससंगै  नेपाली चलचित्र गीत गायन महिलातर्फ सुर्कै थैलीबाटै अन्जु पंन्त, शब्दमा राजनराज शिवाकोटी र सर्वाेत्कृष्ट संगीत संयोजनमा सोही गीतबाट राजन ईशान गरी ४ विधामा अवार्ड प्राप्त गर्न सफल भएको छ।

सर्वाेत्कृष्ट म्युजिक भिडियोतर्फको अवार्ड 'परदेशी नभन' बाेलकाे गितबाट निकेश खड्काले प्राप्त गरेका छन्। यस्तै 'तिमीलार्इ देखेपछि अाइ लभ यु भन्न मन लाग्याे' बाेलकाे गीतबाट सर्वाेत्कृष्ट युगल गीत अवार्ड सरोज ओली र ईन्दिरा जोशीले प्राप्त गरेका छन्।

यस्तै स्थानिय कलाकारतर्फ सर्वाेत्कृष्ट स्थानीय लोक दोहोरी कलाकारमा विशाल पौडेल, स्थानीय कलाकारमा प्रविण भण्डारी, नव प्रवेशी कलाकार लक्ष्मी नेपालीले कालिका म्युजिक अवार्ड प्राप्त गरेका छन्। यस्तै सर्वाेत्कृष्ट लोेक दोहोरी पुरुषमा रामजी खाँड, महिलामा राधिका हमाल, लय संकलन रामजी खाँड र लोक दोहोरी शब्दमा विरही कार्कीले अवार्ड प्राप्त गरेका छन्। 

यस्तै सर्वाेत्कृष्ट आधुनिक गीत गायन पुरुषमा रामकृष्ण ढकाल, आधुनिक गीत गायन महिलामा रजिना रिमाल, आधुनिक गीत  संगीतमा राजकुमार बगर र शब्दमा दिलिप पियाले अवार्ड प्राप्त गरेका छन्। यस्तै नेपाली चलचित्रको गीततर्फ गायन पुरुषमा युवराज चौलागाई, संगीतमा बसन्त सापकोटाले अवार्ड प्राप्त गर्न सफल भएका छन्। 

यस्तै यस वर्षको कालिका पप गीततर्फ पुरुषमा भरत सिटौला, महिलामा ईन्दिरा जोशी, शब्दमा रोशन भटट्राई , पप  गीत संगीतमा शंकर स्माईल, सर्वाेत्कृष्ट ब्याण्डमा दि ऐज ब्याण्डले अवार्ड हात पारेको हो । यस्तै सर्वाेत्कृष्ट स्वदेश गान शिव परियार र धन्सी माधव धिमिरेले प्राप्त गरे।

सर्वाेत्कृष्ट गजलमा अजर जंगम र भुपेन्द्र महतले अवार्ड कब्जा गरे।

कालिका मिडियाले नारायाणगढको नारायाणी कला मन्दिरमा एक समारोहका बिच साेमबार वार्षिकोत्सव समापन तथा अवार्ड वितरण कार्यत्रफम अायाेजना गरेकाे हाे।

कालिका ग्रुपका निर्देशक निकोलस पाण्डेको अध्यक्षता एवम् वरिष्ठ लोक तथा दोहोरी गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता भएकाे उक्त कार्यक्रममा चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्रेल विशिष्ट अतिथि रहेका थिए। 

प्रकाशित: ८ कार्तिक २०७३ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App