कला

सापटी

लघुकथा

गंगा खड्का

‘होइन ए दाइ! यति लामालामा पाइला गरेर कता लाग्नुभएको?’ मैले अर्जुन दाइलाई सोधें।

‘रामप्रसाद भाइकहाँ जान लागेको बहिनी।’ उहाँ छोटो उत्तर दिएर निराशाको मुद्रामा चुर्लुम्म डुब्नुभयो।

मैले फेरि पनि जिज्ञासा राखें, ‘केही काम थियो र दाइ? घरमा बिरामी भाउजू एक्लै छाडेर हिंड्नुभएछ नि त?’

-आज उनले भाउजूको उपचारका लागि पैसा लिन बोलाएका छन्।

उनको कुरा सुनेपछि मैले भनें,‘पहिला त छैन भनेका होइनन् र? फेरि कसरी जोहो गरेछन् त?’

‘पहिला मैले पैसा सापटी मागेको थिएँ नि त। अहिले त मैले गरगहना बेच्न लागेको थाहा पाएर अन्त नबेच, म आफैं किन्छु भने।’  

प्रकाशित: १० फाल्गुन २०७९ ०६:४८ बुधबार

अक्षर