कला

सिम्पल आर्ट्सबाट ५ स्रष्टालाई सम्मान

सिम्पल आर्ट्सले आफ्नो रजत वार्षिकोत्सवको अवसरमा ५ स्रष्टालाई सम्मान गरेका छ।

भिमसेनगोलास्थित कमलनेत्र छुनामुना विद्यालयमा केक काटेर मनाएको कार्यक्रममा   विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका पाँच प्रतिभालाई सिम्पल सम्मान-२०७९ सम्मानबाट सम्मान गरिएको हो।

संस्थाले कलाकार प्रज्ञा जोशी, साहित्यकार ललिता दोषी, पत्रकार केशव पाठक, गायिका स्वेता उप्रेती र शिक्षासेवी शेषमणि भट्टराईलाई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिको हातबाट सम्मान गरिएको थियो।

उपस्थितिमध्ये गोला प्रथामार्फत एकजनालाई दिइने पुरस्कार प्रभा श्रेष्ठले प्राप्त गरेका थिए।

सभापति, प्रमुख अतिथि, अतिथि र मचबिना नै कार्यक्रम नयाँ ढंगले चलाइएको थियो। सिम्पल आर्ट्सका पूर्व अध्यक्ष विमल कोइरालाले चलाएको कार्यक्रममा अध्यक्ष पुष्कर जंगमले स्वागत र संस्थापक कोषाध्यक्ष कल्पना शिवाकोटीले संस्था गतिविधिबारे बोलेकी थिइन्।

स्रष्टा सम्मान कार्यक्रममा राजनीतिज्ञ तथा कवि रविन्द्र मिश्र,साहित्यकारहरू डा. मधुसूदन लामिछाने,दुर्गा अधिकारी भमरकोटे, रामकुमार पण्डित क्षेत्री र रन्जु दाहालले रचना पाठ गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०७९ ०२:०० बुधबार

अक्षर