कला

पाकिस्तानी कलाकारको पक्षमा राधिका

मुम्बई–भारत–पाकिस्तानबीचको तनाव बढेसँगै पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा काम गर्न रोक लगाएको विरोधमा बलिउडका कलाकार खडा भएका छन्। सुरुमा अभिनेता सलमान खानले पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न रोक लगाएको विरोध गरेका थिए।

त्यसपघि बलिउड दिग्गज कलाकार ओम पुरीले पाकिस्तानी कलाकारको पक्षमा आवाज उठाएका थिए भने नायिका राधिका आप्टे पनि पाकिस्तानी कलाकारको पक्षमा उभिएकी छन्। भारतीय संचारमाध्यमका अनुसार राधिकाले पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा रोक लगाउनु उचित भएको बताएकी हुन्।

संवाददातासँग कुरा गर्दै अभिनेत्री राधिकाले पाकिस्तानी कलाकार भारतमा बसेर भारतीय फिल्ममा अभिनय गर्न पाउनुपर्ने बताएकी हुन्। ‘अहिले दुई देशबीच जे भइरहेको छ, त्यो पक्कैपनि राम्रो होइन,’ उनले भनिन्,‘जे भइरहेको छ त्यो मेरो बुझाइभन्दा बाहिरको कुरा हो। यस्तो अवस्थामा म केवल सहानुभूति मात्र व्यक्त गर्न चाहन्छु। तर पाकिस्तानी कलाकारलाई यहाँ प्रतिबन्ध लगाउनु हुन्न।’

 

प्रकाशित: १९ आश्विन २०७३ ०९:१५ बुधबार

पाकिस्तानी कलाकारको पक्षमा राधिका