सीताराम नेपाल
‘कथा लेख्नुस्। तपाईंको कथा पढ्ने मलाई धोको छ।’
ओरपर हेर्दै ‘म कसैसँग नजिस्कने मान्छे जान्दाजान्दै तपाईंले मलाई किन बिल्ला गर्नुभएको?’
‘लेखी त हेर्नुस्। मैले भनिहालें।’
‘ल हेर त! पहिलो पटकमै तपाईंको लेखनी यति राम्रो छ। प्रतिभा आफैं बाहिर आउँदैन। अध्ययन र अभ्यास गर्नुपर्छ। अलिकति मिलाउँदा यो सूत्रकथा बन्छ। यसरी मिलाएर फेरि लेख्नुस् त! यो लघुकथा बन्छ।’
‘राम्रो छ। सुरुमा यस्तै हुन्छ। जन्मनासाथ कसैले पनि केही जानेको हुँदैन।’
मलाई कथा लेख्न सिकाउनुहुने मेरा आदरणीय गुरुलाई आज म पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जलि दिन बाध्य छु। मलाई मेरा गुरुको यादले बेस्सरी बाडुली लागेको छ।
प्रकाशित: ६ फाल्गुन २०७९ ०४:३४ शनिबार