कला

‘कङ्गाल भए जनता उजाड भयो बस्ती’ सार्वजनिक

सञ्चारकर्मी एवं गीतकार गोपालप्रसाद थपलियाको जागरण गीत ‘कङ्गाल भए जनता उजाड भयो बस्ती’ सार्वजनिक भएको छ।

लोकप्रिय गायक तथा संगीतकार शिशिर योगीको स्वर र संगीत रहेको उक्त जागरण गीत थपलियाको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो।

गीतमा विरेन्द्र भाट विपिनको सम्पादन, कृष्ण पुनको ध्वनि सम्पादन र साहस शाक्यको संगीत संयोजन रहेको छ। सुशीलादेवी थपलियाले निर्माण र विजय बुढामगरले रेकर्ड उक्त गीत शब्द,स्वर र संगीतको सुन्दर संयोजनले उत्कृष्ट बनेको छ।

गीतले राम्रो कामकुराको खोजी नभएको, भ्रष्टाचारीको मस्ती भएको र त्यसविरुद्ध एकजुट हुनुपर्ने सन्देश दिएको छ। सञ्चारकर्मी थपलियाका दर्जनौं गीत रेकर्ड भएको छ।  

प्रकाशित: ६ फाल्गुन २०७९ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App