कला

धुलिखेलमा फेशन शो

बनेपा- काभ्रे जिल्लामै पहिलो पटक फेशन शो आयोजना भएको छ। फेशनसम्बन्धि राष्ट्रियस्तरका कार्यक्रमहरुमा उपस्थिति जनाइसकेकी डिजाइनर अनुमिका पाण्डेको डिजाइनका आकर्षक पहिरनहरुमा मोडेलहरु र्‍याम्पमा हिँडेका थिए।

डिजाइनर पाण्डेले तयार पारेका डिजाइनका पहिरनलेनायिकाहरु वर्षा शिवाकोटी, सुरबिना कार्की, जेनिशा केसी र सपना लामिछानेले र्‍याम्प तताएका थिए। यस्तै काभ्रे जिल्लाका मोडेलहरु पनि कार्यक्रममा सहभागी रहेका थिए।

बनेपाको सिल्भर साइन इन्टरटेन्मेन्टलेनेपाल आइस नेचुरा लग्जरिया फेशन शोलाई आयोजना गरेको हो।कार्यक्रममा गायकहरु भरत सिटौला, उदेश श्रेष्ठ र डिजराज पौडेलले आफ्ना चर्चित गीतहरुले दर्शकहरुलाई मनोरञ्जन गराएका थिए। हास्य कलाकार राजेन्द्र गिरीको प्रस्तुतिलाई पनि सबैले मनपराएका थिए।

प्रकाशित: १७ आश्विन २०७३ ०४:१३ सोमबार

धुलिखेलमा फेशन शो