कला

विलोम लघुकथामा एक अभ्यास सम्पन्न

लघुकथामा नौलो अभ्यास ‘विलोम’को पहिलो अभ्यास सम्पन्न भएको छ।

लघुकथाकारहरू- विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यासअन्तर्गत पहिलो अभ्यास फागुन ३ गते सम्पन्न गरिएको हो।

नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउनु यस विलोम अभियानको उद्देश्य रहेको छ। सोही उद्देश्यअनुरूप पहिलो भेटघाट अग्रज लघुकथाकार, कवि एवं सुप्रसिद्ध नाट्यकर्मी अशेष मल्लसँग उनकै निवासमा गरिएको हो।

भेटघाट गर्ने क्रममा मल्लसँग दुई घण्टा जति लघुकथाको प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता, लघुकथाको भविष्य जस्ता लघुकथाको विविध पक्ष तथा उनको लघुकथा लेखन अनुभूतिबारे कुराकानी गरिएको थियो।

लघुकथाको ऐतिहासिकता उन्खनन एवं लघुकथाको बढ्दो लोकप्रियतालाई दृष्टिगत गर्दै यसको स्तरीयता कायम राख्न यस किसिमको अभ्यासबाट सहयोग पुग्ने यसका अभियन्ताहरूको धारणा रहेको छ। भेटघाट कार्यक्रममा विलोम लेखिएको मायाको चिनो पनि कथाकार मल्ललाई प्रदान गरिएको थियो।

विलोमका अभियन्ता विनोद नेपाल लघुकथा कुनो, दीपक लोहनी सिक्किमेली लघुकथा समाज र ममता मृदुल लघुकथा सौन्दर्य फेसबुक पेजमा आबद्ध छन्। कथाकार मृदुल लघुकथा समाज नेपाल प्रदेश नं.१ का अध्यक्ष पनि हुन्।

प्रकाशित: ४ फाल्गुन २०७९ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App