कला

पुनर्निर्माण गर्न भिष्म भुसालकाे अाह्वान गीतमा सञ्चिता र जीवन (भिडियो)

काठमाडाैं– नायिका सञ्चिता लुइँटेल फेरि अभिनय क्षेत्रमा फर्किएकी छन्। दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा फर्किएकी हुन्। भर्खरै सिने क्षेत्रमा फर्किकी सञ्चिताले जीवन लुइँटेलसँग जोडी बाँधिएर पुनर्निर्माणका लागि उठ्न सबैसँग गीतमार्फत आग्रह गरेकी छन्।

डा. भीष्मकुमार भूसालको शब्द रहेको ‘अब उठ जाग’ बोलको गीतमा अभिनय गर्दै उनीहरुले जनताको नामको रकम भ्रष्टाचार नहोस् भन्दै खबरदारी गरेका छन्। पुनर्निर्माणका लागि युवा पुस्ताहरु नै उठ्नु पर्ने सन्देश बोकेको यस गीतलाई भूसालले लेखेका हुन्। उनको पुनर्निर्माणसम्बन्धी यो प्रण गीत यसअघि नै सार्वजनिक भइसकेको छ।

पुनर्निर्माणमा युवाहरु जुटेर उठेमा भूकम्पले भत्काएका संरचना बनाउन समय नलाग्ने गीतको भाव छ। राष्ट्रिय भावना बोकेको यस गीतमा बसन्त सापकोटाको संगीत तथा रामकृष्ण ढकाल र स्मीता दाहालको स्वर छ।

वर्ल्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको यो गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन्।

सुदीप बरालको छायाँकन, अमन मानन्धरको सम्पादन रहेको गीतको भिडियो यस्तो छः 

भिडियो

प्रकाशित: ७ आश्विन २०७३ ०८:०३ शुक्रबार

पुनर्निर्माण गर्न भिष्म भुसालकाे अाह्वान गीतमा सञ्चिता जीवन भिडियो