कला

नेपाली गीतमा भारतीय स्वर

काठमाडौं- नेपाली फिल्म रोमियो एन्ड मुनामा लोकप्रिय भारतीय गायक गौरव डोगा“वकरको स्वर सुन्न पाइने भएको छ। नरेशकुमार केसीले निर्देशन गर्ने फिल्मको गीत रेकर्ड गर्न गौरव राजधानी आएका छन्। फिल्मका दुई गीतमा उनले स्वर दिने निर्देशक केसीले जनाए। उनले दुईमध्ये एउटा गीत आफ्नै र अर्को कालीप्रसाद बा“स्कोटाको संगीतमा रेकर्ड गराएका हुन्। उनले यसअघि नेपाली फिल्मका गीतमा स्वर दिएका थिएनन्। उनले रेखा शाहस“ग रेकर्ड गराएको नेपाली गीत सार्वजनिक हुन बा“की छ।

'आत्मामा...', 'पारि त्यो डा“डामा' र 'परेली...' जस्ता नेपाली गीत हिन्दी र अंगे्रजी गीतस“ग म्यासअप गरेर गाएका कारण गौरव नेपाली अडियन्समाझ निकै प्रिय छन्। भूकम्पपछि उनले नेपालीप्रति समर्पण गरी 'द सन राइज अगेन...' गाएका थिए। मुम्बईमा संघर्ष गर्दै आएका गौरवले मनोज बाजपेयी अभिनित 'लंका', अक्षयकुमारको 'जोकर', शेखर सुमनको 'हार्टलेस'जस्ता आधा दर्जनभन्दा बढी हिन्दी फिल्ममा संगीत दिइसकेका छन्। उनको संगीतमा राहत फतेह अली खान, सुनिधी चौहान, श्रेया घोसालजस्ता बलिउडका चर्चित कलाकारले गाएका छन्। उनको सोलो गीत 'कलेज डेज...' युवापुस्तामाझ निकै चर्चित छ।

'फेसबुक र युट्युबमार्फत् धेरै नेपाली मेरा फ्यान र साथी बनेका छन्। यसले नेपाली संगीतप्रति मोह बढाएको छ,' गौरवले रोमियो एन्ड मुनामा गाउनुको कारण यसरी सुनाए, 'यो फिल्म मास अडियन्समा पुग्ने भएकाले निकै मेहनत गरेर गाएको छु।' 'रोमियो एन्ड मुना'मा गौरवलाई फिल्मका अभिनेता तथा निर्मातामध्ये एक विनय श्रेष्ठले जोडेका हुन्। उनले 'पारि त्यो डा“डा...'मा गौरवको स्वर सुन्नासाथ मन पराएका थिए। भन्छन्, 'गौरवको आवाज मिठो त छ नै मेरा लागि पनि फिट हुन्छ जस्तो लाग्यो। त्यसैले रोमियो एन्ड मुनामा उनको स्वर लिइएको हो।'

पिएमजी पिक्चर्स र भि मोसन पिक्चर्सको संयुक्त लगानीमा निर्माण हुन लागेको 'रोमियो एन्ड मुना'मा थाइल्यान्डका लगानीकर्ताको पनि सहकार्य छ। फिल्ममा रोमियोको भूमिकामा विनय र मुनाको भूमिकामा सृष्टी श्रेष्ठ देखिँदैछन्। फिल्मको छायांकन थाइल्यान्ड, काठमाडौं र धरानमा गरिने निर्माताले जनाएका छन्।   

प्रकाशित: ७ आश्विन २०७३ ०२:३२ शुक्रबार

नेपाली गीतमा भारतीय स्वर