कला

माग्ने बुढाले भने-अहिले सरकारको सहयोग चाहिँदैन

काठमाडाैं- छक्का पञ्जाको सफलतापछि एक दिन हलमा देखिएका उनी एकाएक म त मन्त्रीको सालो बोलको गीतको सुटिंगमा भेटिए । गीतले चर्चा पाए पनि भिडियो भने नबनेको यो गीतमा अभिनय गर्दै माग्ने बुढाले आफू ठिक हुँदै गएको बताएका छन् । पूर्ण रुपमा ठिक भइसकेको छैन, तर लगभग ठिक भइसकेँ उनले भने ।

औषधि धेरै प्रकारको सेवन गरिरहेकाले कमजोरी महशुस  हुने गरेको भन्दै उनले पूर्ण रुपमा अभिनयमा आउन अझै केही समय लाग्ने बताएका छन् । आफ्नो उपचार गर्न सरकारको पनि प्रस्ताव आएको बताउँदै उनले अहिले आफ्नो उपचार गर्न सक्ने नै अवस्था रहेको जानकारी दिएका छन् । आफ्नो स्वास्थ्य उपचारबारे चासो राख्ने शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै उनले भोलिका दिनमा आवश्यक परेमा सबैको सहयोग चाहिने बताएका छन् ।

भिडियाे

प्रकाशित: २ आश्विन २०७३ १०:५८ आइतबार

माग्ने बुढाले भने-अहिले सरकारको चाहिँदैन