कला

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियो)

काठमाडौं– स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पुनः अभिनय कर्ममा फर्किएका छन्।

‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन्। उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो....’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम भइरहेको छ। गीतमा संगीत भने हरि लम्सालको छ।

‘छक्का पञ्जा’ फिल्मपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए। ‘स्वास्थ्य कमजोर भएका कारण म दर्शक माझ आउन सकेको थिइनँ,’ बानेश्वरमा त्यही गीतको सुटिङमा व्यस्त भेटिएका उनले भने, ‘अहिले सुधार भइरहेको छ, अब विस्तारै अभिनय यात्रालाई निरन्तरता दिन्छु।’

माग्ने बुढासहितका कलाकार अभिनित फिल्म ‘छक्का पञ्जा’ले देश/विदेशमा लोकप्रियता कमाइरहेको छ।

विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए। उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए।

भिडियो

प्रकाशित: २९ भाद्र २०७३ १३:४९ बुधबार

अभिनयमा फर्किए माग्ने बुढा भिडियो