कला

अरुणा लामा–तारादेवी स्मृति साँझ आज

अरुणा लामा–तारादेवी स्मृति साँझ आज हुँदैछ । पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनी र एभरेस्ट एफएमको संयुक्त आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुन लागेको हो।

स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन पारेर आयोजित कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक मध्येको एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए। यसअघि कालजयी गायीका तारादेवीको गत माघ १३ गते नै स्मृति दिवस परेपनि दुवैको स्मृतिमा संयुक्त रुपमा कार्यक्रम गरिन लागेको उनको भनाई छ। 

नेपाली सांगीतिक क्षेत्रका हस्तीहरु अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरुप्रति समर्पित यो साँझमा पोखरेली कलाकारले अरुणा लामा र तारादेवीका गीतहरु गुञ्जाउनेछन्। श्रेष्ठका अनुसार पोखरेली कलाकार अजुदा थापा, उषा गुरुङ, रामभक्त जोजिजु, ईतु जोजिजु, शितल थापा, लक्ष्मी गिरी, मीलन गुरुङ, देवी गुरुङ र रजनी ऋदम राईले गीत गाउनेछन्। यस वर्षदेखि शुरु हुने अरुणा लामा–तारादेवी स्मृति साँझ अब हरेक वर्ष आयोजना गरिने जनाइएको आयोजकले बताएको छ।  

प्रकाशित: २२ माघ २०७९ ०९:५० आइतबार

अरुणा लामा–तारादेवी स्मृति साँझ