कला

‘लुट-२’ को क्लाइमेक्स चितवनमा

फोटो सौजन्य : गौरवध्वज खड्का

काठमाडौं- निर्देशक निश्चल बस्नेतले ब्लकबस्टर फिल्म ‘लुट’को दोस्रो भाग ‘लुट-२’को सुटिङ चितवनमा भइरहेको छ। २०६८ सालमा ‘लुट’को सुटिङ राजधानी वरपर गरिएको थियो। आगामी फागुन १३ गते रिलिज हुने घोषणा गरिएको ‘लुट–२’ को ४५ दिने सुटिङ गत साउनको दोस्रो साताबाट सुरु भएको थियो।

पाँच वर्षपछि दोस्रो भागलाई निर्देशन गरिरहेका निर्देशक निश्चल बस्नेतका अनुसार सत्य घटनामा आधारित कथा नै नभेटेकाले दोस्रो भाग तुरुन्तै बनाउन नसकिएको बताउँछन्। ‘काल्पनिक कथावस्तुभन्दा सत्य घटनामा केन्द्रीत हुन चाहेको हुँदा कथा फेला पर्न धेरै समय लागेको हो।’

‘लुट-२’मा अभिनेता सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, सिर्जना सुब्बा, विपिन कार्की, प्रवीण खतिवडा, प्रतीकराज न्यौपाने र सुशीलराज पाण्डेलगायतले अभिनय गरेका छन्।

माधव वाग्ले र नरेन्द्र महर्जन निर्माताको रुपमा देखिएका छन्। सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले फिल्म खिचेका छन् भने सुरेन्द्र पौडेलको सम्पादक रहनेछ। ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा फिल्म निर्माण भइहरेको छ।

 

प्रकाशित: २२ भाद्र २०७३ ०६:१६ बुधबार

लुट-२ को क्लाइमेक्स चितवनमा