कला

समथल खेतबारी खेलमैदान बनेका छन्

गजल

आकाश अधिकारी

समथल खेतबारी खेलमैदान बनेका छन्,

सोच-विचार नगरी मोटरबाटो खनेका छन्।

अनेक थरी मान्छेहरू चर्काचर्का कुरा गर्छन्,

स्वाभिमान देशको लिलाम गर्छु भनेका छन्।

बिक्री गर्छ नागरिकता सिटामल र नुन छैन,

टुँडिखेलमा उभिएर कार्यकर्ता गनेका छन्।

सुशासन र समृद्धिको अनुसरण गर्न छाडी,

मालिक रिझाउन फूलको माला उनेका छन्।

प्रकाशित: १९ माघ २०७९ ०३:४७ बिहीबार

अक्षर