कला

‘सन्तोष दुमीसँग एक साँझ’ सम्पन्न

गायक सन्तोष दुमी राईको एकल गायन साँझ सम्पन्न भएको छ। सङ्गीतकार/गायक राईको जन्मदिनको अवसर पारेर यही माघ १४ गते ‘सन्तोष दुमीसँग एक साँझ’ सम्पन्न भएको हो।

‘दुमी किराँत राई फन्सिकिम’ को आयोजनामा ‘दुमी गीत-सङ्गीत कोष’ को सहयोगार्थ सङ्गीतकार तथा गायक राईको एकल साँझ भएको हो। करिब २ दशक अघिदेखि सङ्गीतकार एवं गायकका रूपमा क्रियाशील राईले हालसम्म ५०० भन्दा बढी गीत रेकर्ड गराइसकेका छन्। खोटाङ जन्मथलो भएका राईले यसअघि सन् २०१२ मा पनि हङकङमा एकल साँझ गरिसकेका छन्।

कार्यक्रममा उनले ‘घामले आँखा खोलिसक्यो’, ‘मुस्कुराइ बस तिमी’, ‘साल्पै राजा’, ‘रातभरि जून रुँदा’, ‘निलो आकाश उडिहिँड्ने’, ‘तिम्ले छोडी गएपछि’ लगायतका दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए।  

प्रकाशित: १६ माघ २०७९ ०३:५८ सोमबार

अक्षर