कला

‘कसास यात्री स्मृति पुरस्कार’को घोषणा

‘कसास यात्री स्मृति पुरस्कार-२०७७’ वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति पुरस्कार-२०७८’ वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई प्रदान गरिने भएको छ।

कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा ‘कसास यात्री स्मृति पुरस्कार स्थापना गरिएको हो।

कपन साहित्य समाजका अध्यक्ष गणेशकुमार मिश्र र महासचिव लक्ष्मणप्रसाद अधिकारीको प्रेस विज्ञप्ति अनुसार चाँडै एक कार्यक्रम गरी उक्त पुरस्कार वितरण गरिने भएको छ। सो पुरस्कार वितरण कार्यक्रममा कपन दर्पण २०७९ कविता विशेषांक पनि लोकार्पण गरिने भएको छ।

भाषा, कला र साहित्यका श्रीवृद्धि गर्ने उद्देश्यले २०६१ सालमा स्थापित उक्त सम्मान २०७५ मा प्राडा दयाराम श्रेष्ठ सम्भव र २०७६ मा वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिएको थियो।

प्रकाशित: १५ माघ २०७९ ०८:०७ आइतबार

अक्षर