कला

संचारकर्मी एवं गायिका सुष्मा राईको भर्जिन गीत

काठमाडौं – संचारकर्मी एवं गायिका सुष्मा राईले ‘नबाँडन त्यो मन’ गीत सांगीतिक बजारमा ल्याएकी छन्। आफ्नै गीत र स्वरमा बाहिर आएको सो गीतको भिडियोको निर्देशनका साथै मोडलिङ पनि आँफैले गरेकी सुष्माको गीतमा अव्यक्त प्रेमको भाव समेटिएको छ ।

नयाँ प्रविधिबाट निर्मित गीत ‘इलेक्ट्रो पप’ शैलीको हो। यसमा पश्चिमा संगीत र नेपाली स्थानीय सारंगीका साथै तबला मिसाएर फ्युजन गरिएको छ। इमेज एफएम ९७.९ की आरजे सुष्माले पहिलो गीतबाट आँफू निकै उत्साही भएको र यसले आगामी दिनमा संगीतमा लाग्न अझ ठूलो प्रेरणा मिलेको बताइन् ।

‘संगीत मेरो नसानसामा छ। कार्यक्रम पनि संगीतकै बढी हुने भएकाले आफूले किन नगाउने भनेर गाएकी हुँ,’ उनले भनिन्।  पहिलो गीतबाट स्रोता तथा दर्शकले प्रशंषा गरेसँगै सुष्माले अब प्रयोगात्मक दोस्रो गीत गाउने बताइन् ।

 

प्रकाशित: १३ भाद्र २०७३ ०५:२१ सोमबार

संचारकर्मी एवं गायिका सुष्मा राईको भर्जिन गीत