कला

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङ्जा खुँदी घर भएका उनको गएराति घरमै निधन भएको हो।

लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय रहेका पौडेल केहि समय अघिदेखि बिरामी थिए। उनको निमोनियाका कारण निधन भएको जनाइएको छ।

उनले रुमाल बैना,तिम्रो सिउँदो भर्न सकिन, भन्थ्यौं माया जुनीभर मौलाउने, जमाना यस्तै छ लगायत थुप्रै गीत गाएका छन्।

प्रकाशित: १३ माघ २०७९ ०४:२१ शुक्रबार

भीम पौडेल