कला

भारतमा ‘पठान’ को ओपनिङ कमाइ ५४ करोड

शाहरुख खान स्टार बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ।

फिल्मले बुधबार हिन्दी संस्करणमा मात्र ५४ करोड भारुको हाराहारीमा कमाइ गरेको भारतिय सञ्चार माध्यमहरुले बताएका छन्।

योसंगै पठान भारतीय सिनेमाको सबैभन्दा ठूलो ओपनर फिल्म बनेको छ।  भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिलिज भएको फिल्म देशभर हाउसफुल रहेको थियो।

भारतमा बिहीबार गणतन्त्र दिवसको बिदाको दिन भएकाले फिल्मको कमाइ अझै बढ्ने भारतिय सञ्चार माध्यमहरुले आंकलन गरेका छन्।

भारतमा मात्र नभएर विदेशमा समेत पठानको कमाइ आकर्षक देखिएको बताइएको छ।  

प्रकाशित: १२ माघ २०७९ ०८:१६ बिहीबार

‘पठान