कला

नेपाल स्रष्टा समाजले गर्‍यो दुई सम्मानको घोषणा

नेपाल स्रष्टा समाजले विसं २०७९ का दुई सम्मानको घोषणा गरेको छ। यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगंगा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यंग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ। दुवै सम्मानको राशि २१ हजार १ सय ११ रुपैयाँ रहेको छ।

नेपाल स्रष्टा समाजका अध्यक्षको अध्यक्षतामा भएको माघ ८ गते भएको बैठकले सो निर्णय गरेको हो। वरिष्ठ कवि तथा समाजका पूर्व अध्यक्ष विधान आचार्यले आफ्ना पिता-माताको नाममा स्थापना गरेको सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि रमेशचन्द्र देवकोटा, नारायणदक्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्द्येल सम्मानित भइसकेका छन्।

वाग्मती प्रदेशका सांसद तथा राष्ठ्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा लगायतले स्थापना गरेका रमेशगंगा स्रष्टा सम्मानबाट साहित्यकार जनार्दनशरण त्रिपाठी र प्राडा वासुदेव त्रिपाठी सम्मानित भइसकेका छन्।

प्रकाशित: ९ माघ २०७९ ०५:४० सोमबार

अक्षर