कला

प्राडा अर्जुनदेव भट्टका दुई कृति एकैसाथ लोकार्पण

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषको आयोजनामा प्राडा अर्जुनदेव भट्टका दुई कृति ‘डाक्टरको द्विविधा’ र ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग निदान तथा उपचार’ कृतिको एकैसाथ लोकार्पण भएको छ।

प्राडा अर्जुनदेव भट्ट,डा.दामोदर पुडासैनी ‘किशोर’, प्राडा उत्तम शर्मा, समालोचक कलानिधि दाहाल र हरिभक्त सिग्देल ‘महेश’ले कृतिको एकैसाथ लोकार्पण गरेका हुन्।

समालोचक कलानिधि दाहालले प्राडा अर्जुनदेव भट्ट चिकित्सा जस्तो संवेदनशील पेसामा आबद्ध भए पनि कृतिमा जीवन, परम्परा, संस्कृति, सत्ता जस्ता विविध पक्षलाई समेटिएको बताए।

त्यसैगरी डा.दामोदर पुडासैनीले कृतिले संकटको बेला भरपर्दो साथीको भूमिका निर्वाह गर्ने बताए। कुन अवस्थामा कुन किसिमको उपचार विधि अपनाउने, कस्तो डाक्टरकहाँ जाने भन्ने कुरामा दिशानिर्देश गर्ने बताए।

प्राडा उत्तम शर्माले रोगको निदान र उपचार पद्धतिबारे सटीक र साहित्यिक भाषाको प्रयोग भएकाले कृति सबैको घर-घरमा राखेर यसको फाइदा लिन सकिने बताए।

हरिभक्त सिग्देल ‘महेश’ले स्वागत मन्तव्यको क्रममा व्यस्त हुँदाहुँदै पनि कार्यक्रममा सहभागिता जनाएकामा सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रम दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषका अध्यक्ष डा. दामोदर पुडासैनी ‘किशोर’को अध्यक्षता तथा साहित्यकार भैरवी भूगोलको सञ्चालनमा सम्पन्न भएको थियो।  

प्रकाशित: ८ माघ २०७९ ०७:२२ आइतबार

अक्षर