कला

‘पातालपुन्ज’ परिचर्चा

साहित्यिक पत्रकार संघले कवि बन्धु पोख्रेल ‘नेत्र’ को ‘पातालपुन्ज’ कवितासंग्रहको परिचर्चा गरेको छ।

संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्रमोद प्रधान रहेका थिए।

‘पातालपुन्ज’ कवितासंग्रहबारे समालोचकद्वय डा. रमेश शुभेच्छुक र डा. शान्तिमाया गिरीले आआफ्नो मन्तव्य राखेका थिए।

यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी निवर्तमान उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, प्रमुख अतिथि प्रमोद प्रधान, अध्यक्ष राधेश्याम लेकाली लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन साहित्यकार मुरारि सिग्देलले गरेका थिए।

सामाजिक अभियन्ता कवि अमेरिकाको टेक्सस राज्यको अस्टिनमा बस्दै आएका छन्। कार्यक्रमका वक्ताहरूले उनका कविताहरूमा समसामयिक युगीन चेतना, मानवीय सन्देश, डायस्पोरिक अभिव्यक्ति, व्यंग्य, प्रकृति, श्रृङ्गार जस्ता विशेषता रहेको बताएका थिए।

कार्यक्रममा साहित्यकारहरू: किशोर विश्वकर्मा (अस्टिन, अमेरिका), डा. मनोजकुमार थापा, डा. ध्रुव भट्टराई, नीरु श्रेष्ठ, निर्मलरमण पराजुली, भानुप्रकाश जोशी, राजबाबु श्रेष्ठ सागर, नविना सिटौला, जस्मिन पाण्डे, ईश्वरी पौडेल लगायत लेखकका परिवारजनको उपस्थिति रहेका थिए।

प्रकाशित: ५ माघ २०७९ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App