कला

बंगलादेश नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन

बंगलादेश र नेपाल बीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले स्थापना भएको बंगलादेश-नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन भएको छ। सन् २०१६ मा स्थापना भएको समाजमा लायन मोसिउर अहमदको अध्यक्षतामा नयाँ कार्य समितिको गठन भएको छ।

सन् २०२३-२०२५ का लागि ढाकामा सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षमा सेलीसेन गुप्ता, महासचिवमा सलाउद्धिन कुटु, सहसचिवमा मोहमद लुटफिर रहमान, कोषाध्यक्षमा खान मोहमद जहाँगिर आलम र सदस्यहरूमा मोहमद मोसिउर रहमान, मोहमद अमिनर रहमान, फहमिदा बिउरी, महनुर खान बिजु र डा.हाफिजा अख्तर सर्वसम्मत भएको भएको जानकारी नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले गराएका छन्।

प्रकाशित: ३० पुस २०७९ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App