कला

मर्ने आज वा भोलि बाँच्ने कति हो कति

गजल

हातमा हात समाएर साथ दिउँला हरपल,

एकान्तमा बसेर मायाको गरौंला छलफल!

मर्ने आज वा भोलि बाँच्ने कति हो कति,

सँगसँगै जिउला जीवनको हरेक,पलपल।

जहाँ गए पनि साथ हुनेछौं एक अर्काको,

अँजुलीमा पानी लिएर पिउँला कलकल!

लक्ष्य एउटै हाम्रो उद्देश्य पनि एउटै न हो,

रमाउँदै हरपल मेटाउँला मायाको तलतल!

प्रकाशित: ३० पुस २०७९ ०२:५७ शनिबार

अक्षर