कला

फेरि स्कुल जान पाए

कविता

नमुना केसी

फेरि स्कुल जान पाए

यो तनावपूर्ण जिन्दगीबाट फर्केर

फेरि स्कुल जान पाए

उही समय/उही उमेर

अनि उही साथीहरूसँग खेल्न पाए

जीवनमा खुशी फर्किन्थ्यो होला

फेरि पनि स्कुल जान पाए

त्यो पहिलो कक्षापछि बज्ने घण्टीको

प्रतीक्षामा बसिंदैनथ्यो होला

ऊ बेला मन नपर्ने मकैभटमास

कक्षाभरि बास्ना आउँदा

दालमोठ चिउराको याद आउँदैनथ्यो होला

लुडो, टिकटक,पब्जी गेम चाहिंदैन थियो होला

साथीहरूसँग गट्टी,चुंगी र लुकामारी खेल्न पाउँदा

जीवनमा खुशी फर्किन्थ्यो होला

फेरि स्कुल जान पाए

जिन्दगीले बारम्बार

समस्याको घण्टी बजाइरहँदा

पाले दाइले बजाउने

त्यो अन्तिम घण्टी सुन्न पाए

छुटेका ती साथीहरू भेट्न पाए

परीक्षामा पास भएर परिवारलाई

रिजल्टको खुशी देखाउन पाए

जीवनको खुशी फर्किन्थ्यो होला

फेरि स्कुल जान पाए।

प्रकाशित: २८ पुस २०७९ ०७:२५ बिहीबार

अक्षर