कला

सलमान खानका समर्थकलाई खुशीको खबर

मुम्बई–बलिउड चर्तित अभिनेता सलमान खानको यतिबेला धेरै माग छ। सलमानको फिल्म ‘सुल्तान’ बक्सअफिसमा सुपरहिट सावित भयो। उनको आउने फिल्म ‘ट्युबलाइट’ को अहिलेदेखि नै चर्चा सुरु भएको छ।

अब सलमानका समर्थकलाई अर्को खुशीको खबर छ, अब चाँडै  फिल्म ‘रेस–२’ मा सैफअली खानको ठाउँमा सलमान खानलाई लिने पक्का भएको भारतीय संचारमाध्यमले जनाएका छन्।  संचारमाध्यमहरुका अनुसार सलमानले सो फिल्मको स्क्रिप्ट पढेर आफू सो फिल्ममा अभिनय गर्न इच्छुक रहेको बताएका छन्। अब केही दिनमा नै सो फिल्ममा काम गर्ने औपचारिक घोषणा गर्दैछन्।

सलमानले ‘रेस–२’ मा अभिनय गरेभने सलमानको ‘किक’ पछि सबैभन्दा स्टाइलिश फिल्म हुनेछ, किनभने  ‘किक’ पछि ‘बजरंगी भाइजान’ र ‘सल्तान’ जस्ता फिल्मका सलमानले साधारण मानिसको भूमिका निर्वाह गरेका छन्।  सलमानलाई पुन फेशनेवल भूमिका देख्नु किनै रमाइलो  हुने भारतीय संचारमाध्यमले जनाएका छन्।

 

प्रकाशित: १८ श्रावण २०७३ ०८:२३ मंगलबार

सलमान खानका समर्थकलाई खुशीको खबर