कला

हत्तेरी मेरो देश!

कविता

प्रकाश जैशी

सक्ता

नेतालाई खुसीको महोत्सव चलिरहेको छ

जनता भोको पेट मरिरहेको छ

उसको छोरी बलात्कार छ

रक्ताम्य शरीर लिएर पुलिस ठानामा छ

पुलिसको पनि आफ्नै ताल छ

कृषक कृषिलाई ऋणको खोजीमा छ

पैशा नेताका आफन्तको जोगीमा छ

बैंकको ब्याज दर अठार प्रतिशत छ

कृषिका घर लिलामीमा छन्

नेताको काम अझै आफन्त मिलाउनुमा छ

कोही भागबन्डाका लागि लडिरहेका छन्

कोही प्रतिपक्षविहीनको देश बनाइरहेका छन्

कोही दक्षिणपन्थीबाट चलिरहेका छन्

कोही पश्चिमा दर्शनबाट चलिरहेका छन्

घरकी छोरी बलात्कारबाट पीडित छ

घरको छोरा खाडीमा मरेर बाकसमा फर्किरहेको छ

नेताहरू कुर्सीका लागि लडिरहेका छन्

कोहीले प्रदेश पायो

कोहीले केन्द्रीय पायो

यहाँ नपाउने त जनताले न्याय मात्र हो

यहाँ नपाउने त बलात्कारीले सजाय हो

यहाँ नपाउने त किसानले मल हो

यहाँ नपाउने त जनताका छोरा-छोरीहरूले शिक्षा हो

यहाँ नपाउने त सुत्केरी बेथा लागेकी महिलाले

अस्पताल हो

व्यापारीले कर छल्न पाएका छन्

नेताहरूका छोराहरूले बलात्कार गर्न पाएका छन्

छोरीहरूले डिस्को-बारा नाच्न पाएका छन्

पुलिसले पैसाको चलखेलमा

केश मिलाउन पाएका छन्

वकिलहरूले न्याय मार्न पाएका छन्

नेताले देश भाँड्न पाएका छन्

जनताले भोटमा नोट पाएका छन्

देशको अवस्था

पुर्पुरामा हात लगाएर

हत्तेरी मेरो देश!                                                                

प्रकाशित: २७ पुस २०७९ ०८:४३ बुधबार

अक्षर