कला

संजय दत्त बलिउडमा कमब्याक गर्दै

मुम्बई –लामो जेल जीवन विताएर केही समय अगाडि छुटेका बलिउड चर्चित अभिनेता संजय दत्तले छिटै बलिउडमा कमब्याक गर्ने भएका छन्।

शुक्रबार आफ्नो ५७ औं जम्म दिनको अवसरमा आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै दत्तले आफ्नो हिट चलचित्र मुन्ना भाइको सिक्वेल मुन्ना भाइ –३ को आगामी नोभेम्वरबाट सुटिङ सुरु हुने र यो चलचित्र सन् २०१८ सम्ममा रिलिज भइसक्ने बताएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

त्यसपछि आफूले महेश मांजारेको आगामी चलचित्र ‘दे धक्का’को रिमेकमा काम गर्न लागेको बताएका हुन् ।जुन चलचित्र मराठी फिल्मको रिमेक हुनेछ ।

उनले बलिउडमा कम ब्याक गर्न प्रशंसक मात्र नभई स्वयम् आफू पनि उत्साहित भएको बताए। यता अर्शद वार्सीले भने केही समय पहिले राजकुमार हिरानीले दत्तको बायोपिकमा बनाउने चलचित्रको सुटिङ सुरु नभएकाले मुन्ना भाई–३ को सुटिङ ढिला भएको बताएका थिए ।

 

प्रकाशित: १६ श्रावण २०७३ ०७:४१ आइतबार

संजय दत्त बलिउडमा कमब्याक गर्दै