कला

भाेले बाबासँग इन्दिराले मागिन् सुहाउने जाेडी (भिडियाे)

काठमाडाैं– नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले भोले बाबासँग मनको धोको पुराउने श्रीमान बर मागेकी छन्।

लोकप्रिय गायिका जोशीले तिजको गीत गाउँदै भगवानसँग यस्तो बर मागेकी हुन्।

स्वप्नील बरालको शब्द, बसन्त सापकोटाको संगीतमा इन्दिरा जोशीले 'बम बम भोले बम' बोलको गीतमा विशेष व्यक्ति श्रीमानको रुपमा प्राप्त होस् भन्दै भगवानसँग प्रार्थना गरेकी छिन्।

सरोज ओलीले निर्देशन गरेको म्युजीक भिडियोलाई गोकुल अधिकारीले छाँयाकन र अर्जुन पोख्रेलले सम्पादन गरेका छन्।

भिडियाे

प्रकाशित: १० श्रावण २०७३ ०९:३४ सोमबार

भाेले बाबासँग इन्दिराले मागिन् सुहाउने जाेडी भिडियाे