कला

भुपेन्द्र थापा मगरको ‘देखिन तिमी जस्तो’ सार्वजनिक

नेपाल आइडल चौथो संस्करणका विजेता भुपेन्द्र थापा मगरको ‘देखिन तिमी जस्तो’ बजारमा आएको छ।

मगरको सुमधुर आवाजमा रहेको सो गीत अम्बिका गुरुङले लेखेकी हुन्। सो गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन्।

मुनाल शिशिर कोइराला निर्देशित उक्त गीतको भिडियोमा सुशीला थापा र प्रिन्स विश्वकर्माले अभिनय गरेका छन्। भिडियोको छायांकन सुजन तिमिल्सिनाले गरेका हुन्।

भवसागर इन्टरमेन्ट एलएलसीको अडियो भिडियो रहेको उक्त गीतको रेकर्डिस्ट कुमार केसी,  म्यूजिक एरेन्जमेन्ट विश्व अधिकारी र मिक्स मास्टर अशोक महर्जन रहेका छन्।

प्रकाशित: २० पुस २०७९ ०५:२१ बुधबार

अक्षर