कला

नाता

लघुकथा

ढाकामोहन बराल

एकजना आफन्तको घरमा धार्मिक कार्य परेको हुनाले निम्ता मान्न गएको थिएँ। मेरो लागि एकजना अपरिचित व्यक्ति नजिक आएर ‘चिनजान गरौं न’भने। धेरैजसो जसको घरमा निम्तो मान्न गइन्छ, त्यहाँको नाता जोड्ने चलन हुन्छ। तर, यसले पनि नाताको छेउ-टुप्पो फेला पार्न सकिएन।

आधा घण्टाको कुराकानीबाट पत्ता लाग्यो, उनी मेरा फुपूकी बुढी सासूको सौतेनी खलकतर्फका रहेछ्न्, नाताले मैले भानिज दाइ भन्नुपर्ने। निर्वाचन आयोगले स्थिर समय घोषणा गरेको दिन एकाबिहानै आए र भने, ‘भाइ, आफ्नालाई आफन्तले रहेछ सहयोग गर्ने। समानुपातिकमा जसलाई दिए पनि प्रत्यक्षतर्फ एक भोट मेरो चिन्हमा दिनुपर्‍यो।’

- अस्ति पुजा घरमा आधा घण्टा लगाएर चिनजान गर्न खोजेको कारण बुझें।

उनले सोधे, ‘भाइ, मामा-माइजू कता जानुभयो?’

उनको बोली सुन्दा लाग्थ्यो, यो घर उनको आफ्नै मामाघर हो। उनलाई के थाहा मेरा बुबा-आमा, जसले उनलाई कहिले देख्नुभएको छैन, आफ्नै कान्छो छोरासँग चितवनको माडीमा बस्न थालेको विस वर्ष भएको कुरा।

प्रकाशित: १६ पुस २०७९ ०८:०७ शनिबार

अक्षर