कला

नेबासासमा ‘प्रभाव’, ‘हजुरआमाको माया’ र ‘जंगलको कथा’ लोकार्पण

नेपाल बालसाहित्य समाजको आयोजनामा साहित्यकारत्रय वसुश्री पाण्डेको बालएकांकी ‘प्रभाव’, लक्ष्मी उप्रेती बालएकांकी ‘हजुरआमाको माया’ र निर्मलाकुमारी बरालको सचित्र कथा ‘जंगलको कथा’ लोकार्पण भएको छ।

नेबासासका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे, प्रमुख अतिथि सर्जक रञ्जुश्री पराजुली, नेबासासका पूर्व अध्यक्ष तेजप्रकाश श्रेष्ठ, सर्जकहरू: विन्दु सुवेदी, छायादत्त न्यौपाने लगायतले कृतिको लोकार्पण गरेका थिए।

प्रमुख अतिथि रञ्जुश्री पराजुलीले नेबासाससँगको आफ्ना पुरानो सम्बन्ध सम्झिदै आजीवन सदस्य बन्दाको घटना समेत सुनाएकी थिइन्। यसरी तीन बालकृति प्रकाशन गरी नेपाली बालसाहित्यको भण्डार ठूलो बनाउन लागिपरेका सर्जक तथा प्रकाशकलाई धन्यवाद दिंदै बालसाहित्यको कृति लोकार्पण गर्न पाउँदा असाध्य खुसी लागेको बताइन्।

नेबासासका अध्यक्ष प्राडा ध्रुवकुमार घिमिरेले बालसाहित्यमा गुणस्तरलाई ध्यान दिनु जरूरी रहेको बताउँदै नेबासासको कार्यालयमा यसरी एकैसाथ तीन कृति लोकार्पण गर्न पाउनु खुसीको कुरा रहेको र यसअघि यसरी लोकार्पण नभएको भन्दै नेबासासको इतिहास पनि सम्झिए।

सर्जक लक्ष्मी उप्रेतीले नेपाली बालसाहित्यको उन्नयन र प्रवर्द्धनमा समर्पित ऐतिहासिक संस्थामा आफ्ना पुस्तक लोकार्पण गर्न पाउँदा असाध्य खुसी लागेको बताइन्।

लोकार्पित ‘जंगलका कथा’ कथाकार निर्मलाकुमारी बरालले आफ्ना लेखनीबारे प्रस्टयाएकी थिइन्। सर्जक वसुश्री पाण्डे भने अस्वस्थताका कारण कार्यक्रम अनुपस्थित रहेकी थिइन्।

नेबासासका महासचिव यशु श्रेष्ठले तीन कृतिबारे पनि प्रकाश पारेका थिए।

कार्यक्रममा नेबासासका कार्यसमिति सदस्यहरू-उद्धव प्याकुरेल, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे, सुशीला प्रधानाङ्ग तथा बालसाहित्यकार ललिता दोषी, रश्मि रिमाल,शान्ता तिम्सिना, प्रदीप बराल, सरिता मोक्तान, दीपककिरण श्रेष्ठ, लालबहादुर भुजेल लगायतको सहभागिता रहेको थियो।

नेबासासका महासचिव यशु श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा नेबासासका सचिव डा. यादेवी ढकालले स्वागत मन्तव्य दिएकी थिइन्।

प्रकाशित: १० पुस २०७९ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App