कला

तीन जनालाई हेम-सरिता पाठक फाउन्डेसनबाट सम्मान

हेम-सरिता पाठक फाउन्डेसनले आउँदो पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टकंप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार’बाट सम्मान गर्ने भएको छ।

यसैगरी फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मान गर्ने भएको छ।

यसैगरी एक हजार अमेरिकी डलर राशिसहित कवि मनोज विश्वकर्मालाई ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’बाट सम्मान गर्ने भएको छ।

हेम-सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यी पुरस्कारहरू यस फाउन्डेसनका संरक्षक समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस,अमेरिका)ले स्थापना गरेका हुन्। यी पुरस्कारहरू चेतना विकास र उत्प्रेरणाका लागि स्थापना गरिएका हुन्।

प्रकाशित: ४ पुस २०७९ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App