कला

डा. हेमनाथ घिमिरेका ‘मेरा बीज अक्षरहरू’ लोकार्पण

डा. हेमनाथ घिमिरेको कवितासंग्रह ‘मेरा बीज अक्षरहरू’ को लोकार्पण भएको छ। पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत पत्रकारिता र हिन्दी विभाग र सिसार साहित्य प्रतिष्ठान,काठमाडौंले आयोजना गरेको  कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस, त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत पत्रकारिता र हिन्दी विभागका प्रमुख ज्ञाननिष्ठ ज्ञवाली,पूर्व राजदूत हरिकुमार श्रेष्ठ, पूर्व सहसचिव कृष्णचन्द्र घिमिरे, वरिष्ठ वकिल रामकृष्ण घिमिरे, कवि सीता भट्टराई, डा. निरज भट्टराई, विनोद भट्टराई लगायतले कविता संग्रहको लोकार्पण गरेका हुन्।

साथै कवि घिमिरेबारे तयार गरिएको भगवती शर्माको शोधग्रन्थ ‘डा. हेमनाथ घिमिरे व्यक्ति र कृति’ पनि लोकार्पण गरिएको थियो।

प्रमुख अतिथि तुलसी दिवसले हेमनाथका कवितामा मौलिक स्वाद भएको बताए। डा. सुबोध शुक्लाले लेखकलाई कविता फाँटमा स्वागत गरे। पूर्व राजदूत हरिकुमार श्रेष्ठ, पूर्व सहसचिव कृष्णचन्द्र घिमिरे, वरिष्ठ वकिल रामकृष्ण घिमिरे, कवि सीता भट्टराई, डा. निरज भट्टराई, विनोद भट्टराई लगायतले कवि घिमिरेलाई शुभकामना दिएका थिए।

लोकार्पित दुवै पुस्तकको सम्पादन उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए।

कवि रन्जु दाहालले सञ्चालन गरेको उक्त कार्यक्रम ज्ञाननिष्ठ ज्ञवालीको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: ३ पुस २०७९ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App