कला

भारतीय अभिनेता ओबराय परिवारसहित नेपालमा

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्नआएका छन। उनी आफ्नो  परिवारसहित नेपाल घुम्न आएका हुन्।

व्यवसायी पुनम यादवको निम्तोमा  आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताईएको छ । पहिलो पटक नेपाल आएका ओबरायले  नेपाल बसाईमा पशुपतिनाथ दर्शन गर्नुका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताएका छन। उनी पहिलो पटक नेपाल आए पनि उनका बुबा आमा नेपाल पटक पटक आईसकेको जानकारी दिए।अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको बताईएको छ। 

प्रकाशित: २९ मंसिर २०७९ ०६:४६ बिहीबार

भारतीय अभिनेता ओबराय