विराटनगर र वीरगन्जको कार्यक्रमपछि हेटौंडामा आइपुगेको नेपथ्यले पनि दर्शकहरूबाट उत्तिकै न्यानो स्वागत पाएको छ।
कार्यक्रममा नेपत्थ्यका गायकगायिकाले ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँगनै भरि हिउँ नै झरे’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ लगायतका गीतहरू प्रस्तुत गरेका थिए।
‘म धेरैपटक हेटौंडा आएको छु,’ अमृतले दर्शकहरूलाई सोधे, ‘के तपाइहरू पोखरा जानुभएको छ ? त्यसभन्दा अलिक पर जोमसोम जानुभएको छ ? धौलागिरि जानुभएको छ ?’
कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।
प्रकाशित: २४ मंसिर २०७९ ०२:२३ शनिबार