कला

लुइँटेल गुठी, चञ्चल र अधिकारी पुरस्कृत

विश्वम्भर चञ्चल र रामचन्द्र अधिकारी।

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको छ। 

भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो। जसअनुसार २०७९ सालको ‘भैरव पुरस्कार’ वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रूपैयाँँ रहेको छ। १ लाख १ हजार १ सय ११ रूपैयाँ राशीको ‘भैरव वाङ्मय पुरस्कार’ साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ। 

त्यस्तै ५१ हजार १ सय ११ रूपैयाँ राशीको ‘भैरव प्रतिभा पुरस्कार’ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ। पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुइँटेल सदस्य रहेको समिति बनाएको थियो। आउँदो पुष ९ गते शनिबार राजधानीको गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो। 

प्रकाशित: २४ मंसिर २०७९ ०२:१९ शनिबार