निर्वाचन विशेष

माओवादी केन्द्रको उम्मेदवारद्वारा एमालेका जिल्ला अध्यक्ष पराजित

धनुषाको सबैला नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव निर्वाचित भएका छन्।

यादवले ४ हजार २१२ मत ल्याएर विजयी प्राप्त गरेका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार जगतसुन्दर साह मधुपलाई १३६ मतले पछिपार्दै निर्वाचित भएका हुन्। साहले ४ हजार ७६ मत ल्याएका थिए।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार रहिमा खातुन निर्वाचित भएकी छिन्। खातुनले ४ हजार ६९९ मत ल्याएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी किरणकुमारी कापरले ३ हजार ६०४ मत ल्याइन्। खातुनले १ हजार ९५ मतको मतान्तरले निर्वाचित भएकी हुन्।

एमालेका मेयर पदको उम्मेदवार एवं जिल्ला अध्यक्ष समेत राजकिशोर यादवले ३ हजार ५८१ मत ल्याएर तेस्रो स्थानमा पुगेका छन्। नव निर्वाचित कारीराम यादव माओवादी केन्द्रका नेता धनुषा निर्वाचन क्षेत्र १ का प्रत्यक्ष निर्वाचित सांसद मातृका यादवको कान्छो भाइ हुन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App